एसएलसीको नतिजा सार्वजनिक
- १६ हजार ४ सय ५४ जनाकाे 'ए प्लस'
- 'सी ' ग्रेडमा सबैभन्दा धेरै उतिर्ण
-काठमाडौं
असार २, २०७३- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार प्रकाशित गरेको छ ।
यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।
यस्तै, ३.२ भन्दा माथी देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् ।
एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ ।
परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुन: परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन: परिक्षा साउन २० र २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् भने पुरक परिक्षा साउन १४ देखि हुनेछ ।
यस्तै परिक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक तर्फको नतिजा एक हप्तापछि सार्वजनिक गरिने छ ।